रविको रिहाइ माग गर्दै चितवनमा प्रदर्शन जारी

निरन्तर न्यूज
३२ श्रावण २०७६, शनिबार १९:२२

काठमाडौं। टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरुले चितवनमा प्रहरी भ्यानमाथि तोडफोड गरेका छन् । रविको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी चितवन प्रहरीको भ्यानमा तोडफोड गरेका हुन् ।

शनिबार बिहानबाटै जिल्ला प्रहरी कार्यालय अगाडि जम्मा भएर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले प्रहरीको भ्यानमा ढुङ्गा प्रहार गर्दा गाडीको शिशा फुटेको छ । उग्र बनेका प्रदर्शनकारीलाई रोक्न प्रहरीले दुई शेल अश्रु ग्यास प्रहारका साथै लाठी प्रहार गरेको छ । भिडलाई नियन्त्रणमा लिन प्रहरी कार्यालय आसपास प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई शुक्रबार जिल्ला अदालत चितवनमा पेस गर्ने क्रममा पनि प्रदर्शनकारीले नाराबाजी गर्दै विरोध गरेका थिए ।

जिल्ला अदालत चितवनको आदेशअनुसार प्रहरीले रविसहित तीनजनालाई पाँचदिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*