एकता टोलविकासको १९ औँ साधारण सभा सम्पन्न

निरन्तर न्यूज
३२ श्रावण २०७६, शनिबार १८:५९

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वार्ड नम्बर २ क्याम्पस चोकमा रहेको एकता टोल विकास संस्थाको १९औँ साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभामा हेटौँडा उपमहानगरपालिका वार्ड नं २ का वडा सदस्य रेणु गुरुङले टोल विकास संस्थाले बचत सँगसँगै आय आर्जन तथा संस्थाका सदस्यहरुको क्षमता अभिबृद्धितर्फ लाग्नु पर्ने धारण राख्नुभयो । कार्यक्रमको प्रमुख अतिथि गुरुङले वडाभरिकै टोल विकास संस्थाहरु मिलेर सहकारीको अवधारणामा जान लागिरहेको अवस्थामा एकता टोलविकास संस्थापनि सहभागि भएर अगाडी बढ्न आग्रह गर्नुभयो । वडा कार्यालय महिला, बालवालिका, ज्येष्ठ नागरिकहरुको पक्षमा काम गर्न सदैव तयार रहेको  समेत वहाँले बताउनुभयो ।

संस्थाकी अध्यक्ष शारदा ढोडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा असल ऋणीको रुपमा मिना सापकोटा र गिता अधिकारीलाई सम्मान गरिएको थियो ।

त्यस्तै ज्येष्ठ सदस्यद्व टिकाकुमारी ढोडारी र विश्वनाथ बस्नेतलाई सम्मान गरिएको थियो ।

साधारण सभामा सचिव यशोदा लामिछानेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष नर्वदा लामिछाने को आर्थिक प्रतिवेदन सहसचिव कल्पना घिमिरेले वाचन गर्नुभएको थियो । सभाले कोषाध्यक्ष र सचिवको प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो ।

साधारण सभामा वचतकर्ताको तर्फबाट तोत्रकुमारी बस्नेत र दिपा प्याकुरेलले आ आफ्नो धारणा राख्नु भएको थियो । करिब ६२ लाखको कारोबार भएको संस्थामा २ सय ४ जना सदस्य रहेका छन् ।

आगामी दिनमा नयाँ अवधारणा सहितको गतिविधि गरेर संस्थालाई अगाडी बढाउने र बचतलाई बढाउने वा साविककै कायम गर्ने भन्ने विषयमा समेत साधारण सभामा छलफल गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*