समाजवादी पार्टी गाेरखा जिल्ला समायाेजन आज, दुवै अध्यक्षले सम्वाेधन गर्ने
गाेरखा । समाजवादी पार्टी गोरखाको पार्टी समायोजन तथा जिल्ला कार्यसमिति घोषणा कार्यक्रम आज हुने भएकाे छ ।
पार्टी अध्यक्षद्वय पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव तथा वरिष्ठ नेता अशोक राईले सम्वाेधन गर्ने कार्यक्रम रहेकाे छ ।
पार्टीकाे संघीय समायाेजन देखि प्रदेश हुँदै विभिन्न विभागहरुकाे समेत जिम्मेवारी बाँडफाँड गरिदै आइरहेकाे हुँदा आज साेही कार्यक्रम अन्तरगत गाेरखा जिल्लाकाे पार्टी समायाेजन हुन लागेकाे युवा नेता सन्जित दुवाडीले जानकारी दिनुभयाे ।
समायाेजन पछि पार्टीका याेजना कार्यान्वयनका बारेमा जिल्ला तहमा छलफल हुने तथा पार्टी प्रवेश कार्यक्रम समेत रहेकाे नयाँ शक्ति पार्टीका जिल्ला संयाेजक ज्ञानेन्द्र कुमालले जानकारी दिए ।