तीन वर्षभित्र प्रदेश २ का ४२ हजार युवा राेजगार हुने

निरन्तर न्यूज
३२ श्रावण २०७६, शनिबार ०६:४०

जनकपुरधाम। प्रदेश सरकारको समन्वयमा अगामी तीन वर्ष भित्र प्रदेश नं. २ का ४२ हजार युवाले रोजगारी पाउने सुनिश्चित भएको छ ।
प्रदेश सरकार , डिफिड र सेवा प्रदायक ६ वटा संस्थाले आज एक कार्यक्रम बिच उक्त सम्झौता गरेका हुन ।

प्रदेशमा रहेको बेरोजगारीको समस्यालाई क्रमशः समाधान गर्दै लैजाने प्रदेश सरकारको योजना अनुरुप पहिलो चरणमा बिभिन्न ६ वटा संस्थाले बेरोजगार युवाहरुलाई सिप प्रदान गर्दै रोजगारी उपलब्ध गराउने अथवा स्वरोजगार बनाउने सम्झौता गरेका हुन ।

प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री लालबाबु राउत , सिप कार्यक्रमका टिम लिडर बलजित बोहरा र सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुले छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

यो कार्यक्रम वैदेशिक रोजगारीमा जाने युवा तथा  गरिव, दलित, महिलालाई लक्षित गरि संचालन गरिने मुख्यमन्त्री लालबाबु राउतले बताउनु भएको छ ।

उहाँले एक वर्षको प्रयास पछि रोजगारी सिर्जनाको क्षेत्रमा प्रदेश सरकार एक कदम अगाडी बढेको उल्लेख गर्नु हुँदै यस कार्यमा सघाउनु हुने डिफिड लगायत साझेदार संस्थाहरुलाई धन्यवाद समेत दिनु भयो ।

सम्झौता अनुसार प्रभु बैंकले अगामी तीन वर्ष भित्र बैदेशिक रोजगारमा जाने सात हजा पाँच सय युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवा मध्ये चार हजारलाई सिप अनुसारको स्वरोजगार बन्न १५ लाख सम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ । त्यसै गरि  नेपाल एसबीआई बैंकले अगामी तीन वर्ष भित्र बैदेशिक रोजगारमा जाने सात हजार सात सय पचास युवालाई विना धितो सहुलियत ऋण उपलब्ध गराउने, वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार पाँच सय परिवारका महिलालाई स्वरोजगार बन्न १० लाख विना धितो सहुलियत ऋण उपलब्ध गराउने र वैदेशिक रोजगारीबाट फर्केका युवा मध्ये चार हजारलाई सिप अनुसारको स्वरोजगार बन्न १५ लाख सम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने भएको छ । वैदेशिक रोजगारीमा जान चाहने तथा स्वरोजगार  बन्न चाहने युवाहरुलाई सिप कार्यक्रम अन्तर्गत तालिम दिइने छ ।

यता मेरो जब्सले रोजगारी कार्यक्रम अन्तर्गत रोजगार पसल मार्फत अगामी तिन वर्षमा ७ हजार युवाहरुलाई रोजगारी उपलब्ध गराउने सम्झौता गरेको छ । त्यसैगरि एमाजोनको सहकार्यमा जेनिसले ४ हजार युवालाई सिप सहित रोजगारी दिने तथा फ्युज मेसिनले आइसिटी क्षेत्रमा ४ हजार युवालाई रोजगार उपलब्ध गराउने सम्झौता गरेका हुन ।

यता मोरंग अटो वक्र्स प्रदेश नं. २को अस्थायी राजधानी जनकपुरमा हेभि गाडीको ड्राइभिङ्ग तथा मेकानिकल ट्रेनिङ्ग सेन्टरको स्थापना गरि तीन वर्ष भित्र ४ हजार युवाहरुलाई रोजगारी दिने सम्झौता गरेका छन ।

रोजगारदाता संस्थाहरुलाई प्रदेश सरकारले आवश्यक सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । कार्यक्रममा मुख्यमन्त्री राउतले रोजगारदाताहरुलाई आवश्यक ऐन कानून लगायतका अन्य सुविधा उपलब्ध गराउन प्रदेश सरकार सदैव तत्पर रहने प्रतिवद्धता जनाउनु भयो ।

प्रदेश नीति आयोगका उपाध्यक्ष डा. हरिवंश झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्योग, वन तथा पर्यटनमन्त्री रामनरेश राय, आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा , जनकपुरधाम उपमहानगर प्रमुख लाल किशोर साह, डिफिडका नेपाल प्रमुख लिसा हेनान सहितका वक्ताहरुले सम्बोधन गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*