भौतिक पूर्वाधार तथा योजनामन्त्री खत्री बर्खास्त

निरन्तर न्यूज
३१ श्रावण २०७६, शुक्रबार ०९:४५

काठमाडौं। कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा योजनामन्त्री खड्गबहादुर खत्रीलाई मुख्यमन्त्रीले बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टी शीर्ष नेताहरुसँगको परामर्शपछि मन्त्री खत्रीलाई बिहीबार साँझ बर्खास्त गरेका हुन् । पूर्वाधारमन्त्री खत्रीलाई राजीनामा दिनका लागि निर्देशन दिए पनि राजीनामा दिन अस्वीकार गरेपछि मुख्यमन्त्री शाहीले बर्खास्ती गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) वमोजिम पदमुक्त गरी भौतिक पूर्वाधार मन्त्रालय मुख्यमन्त्री शाहीले आफै सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । बिहीबार साँझ नै मुख्यमन्त्री शाहीले मन्त्री खत्रीलाई बर्खास्त गरेको निर्णय प्रदेश प्रमुख दुर्गाकेश खनाललाई जानकारी दिएका छन् ।

उच्च अदालत पाटनले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएको थियो । मन्त्री खत्रीलाई पक्राउ गरी अदालतमा तीन दिनभित्र पेश गर्न आदेश दिएको छ ।

पूर्वाधारमन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, किर्ते, बैंक ज्ञारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको ठहर गर्दै उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*