हेटौंडाकाे नेवारपानीमा बस पल्टियाे १ काे मृत्यू, १५ घाइते

निरन्तर न्यूज
३१ श्रावण २०७६, शुक्रबार ०७:५८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडानम्बर १९ नेवारपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ र १५ जना घाईते समेत भएका छन् । आज बिहान साढे २ बजे तिर काठमाण्डौबाट रौतहट तर्फ  गैरहेकाे ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस  हेटाैँडा नारायणगढ सडक खण्ड अन्तर्गत नेवारपानीमा  अनियन्त्रित भएर पल्टँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिनुभयाे ।

हेटाैँडा १९ नेवारपानीमा बस पल्टिएर बिजुलीको पोलमा ठोकिदा एक जनाकाे ज्यान गएकाे प्रहरीले बताएकाे छ । दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका वडा नम्बर ५ बस्ने ५८ बर्षिय मुकेश शर्मा रहेको एसपी सिंहले जानकारी दिनुभयो ।

घाईतेहरु मध्ये ४ जनाको भरतपुर अस्पतालमा, ३ जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भैरहेकाे  एसपी सिंहले जानकारी दिनुभयाे । घाइते भएका मध्ये अन्य ८ जना सामान्य उपचारपछी घर फर्किसकेकाे प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*