एसइई परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक

निरन्तर न्यूज
३१ श्रावण २०७६, शुक्रबार ०८:४०

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले एसइई परीक्षाको पुनर्योगको नतिजा दुई चरणमा सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले यसअघि एसइई परीक्षाको सार्वजनिक गरेको नतिजामा चित्त नबुझेका विद्यार्थीले नतिजा पुनः जोडनका लागि निवेदन दिएका थिए । पनिकाले निवेदन दिएका मध्ये ८६३ जना विद्यार्थीको ग्रेड सच्याएको छ । नतिजा पुनर्योगका लागि ७८५० जनाले निवेदन दिएका थिए । त्यसमा सबैभन्दा यसपटक गणित विषयमा निवेदन परेको थियो । निवेदन दिएका मध्ये करिव १० प्रतिशतको नतिजा सच्याइएको हो ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले केही प्राविधिक त्रुटीका कारण यस्तो हुन गएको जानकारी दिए । पनिकाले पहिलो चरणमा १०७ जना र दोस्रो चरणमा ५७७ जनाको ग्रेड बृद्धि गरेको सूचना जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*