सञ्चार रजिष्ट्रार कार्यालद्वारा सिएमआईएस सफ्टवेयर बारे अभिमुखीकरण

निरन्तर न्यूज
३० श्रावण २०७६, बिहीबार २१:५५

हेटौंडा । प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयद्धारा सञ्चार माध्यम व्यवस्थापन सूचना प्रणाली  (सिएमआईएस) सफ्टवेयर सञ्चालन र आवेदन प्रक्रियाबारे गरिएकाे अभिमुखीकरण कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले मकवानपुरका पत्रकाहरुले संघीयताका पक्षमा कलम चलाएकाेमा धन्यवाद दिनुभएकाे छ ।

मन्त्री जम्कट्टेलले आफु सधै श्रमजिवी पत्रकारको पक्षमा रहेको बताउँदै श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने पक्षकाे शुरुदेखिकाे अभियानमा आफु लागिरहेकाे स्मरण गर्दै पत्रकारको अहित हुने काम आफुबाट कहि कतै नभएकाे स्पष्ट पारे ।

केन्द्रीय सूचना बिभागले प्रदेश सरकारलाई मिडियाहरुको अभिलेख नदिदा काम गर्न केही समस्या भएको भन्दै मन्त्री जम्कट्टेलले प्रदेशका मिडिया हाउसहरुले श्रमजिवी पत्रकार ऐन लागू नगर्नै  मिडिया हाउसहरुकाे कारण पत्रकारले आफ्नाे परिचय नपाउने कुरा गलत भएकाे टिप्पणी गरे साथै उनले प्रदेशले प्रदान गर्ने प्रेस पास अहिले स्वतन्त्र पत्रकारहरुले मात्र प्राप्त गरेको दाबी गर्नुभयाे ।

कार्यक्रममा प्रदेश सन्चार रजिस्ट्रार रेवती प्रसाद सापकोटाले पत्रकारको क्षमता वृद्धि गर्न नयाँ ढंगकाे याेजना बनाउने तर्फ लागिरहेकाे बताउनुभयाे । ३ महिनामा यतिसम्मकाे काम गर्न सक्नु नै  उपलब्धी भएकाे सापकाेटाले बताउनुभयाे ।

सापकाेटाले जेष्ठ पत्रकार महिला पत्रकार र विशेष किसिमकाे रिपाेर्टीङमा जाँने पत्रकारलाई ४८ घण्टासम्मकाे काम गर्ने अवस्थाकाे कीट समेत व्यवस्था गर्न लागिएकाे समेत बताउनुभयाे ।

कार्यक्रममा प्रेस पासकालागि सिएमआईएस सफ्ट्वेयर संचालन तथा यसको प्रयोगका बारेमा कार्यालयका अधिकृत सुरेन्द्र कार्कीले सन्चारकर्मीहरुलाई सहजीकरण गर्नुभएकाे थियाे । कार्यक्रममा पत्रकार गिरीजा अधिकारीकाे प्रेस पासकाे नमूना सहित उपस्थितलाई अधिकृत कार्कीले बुझाउनुभएकाे थियाे । कार्यक्रममा प्रताप विष्ट, हरि हुमागाई, भानुभक्त आचार्य, माधव न्याैपाने, कृष्ण सारु मगर, रुपक कालिराज, पुष्पराज अधिकारी लगायत सन्चारकर्मीले आफ्नाे धारणा राख्नुभएकाे थियाे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*