चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीनजनाको नाम सिफारिस

निरन्तर न्यूज
३० श्रावण २०७६, बिहीबार १८:३०

काठमाडौं । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि तीनजनाको नाम सिफारिस भएको छ । उपाध्यक्ष सिफारिस समितिले प्रा.डा सुरेन्द्र शेरचन, शम्भुकुमार पहारी र श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको हो ।

उनीहरुको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो वरियतामा सिफारिस गरिएको हो । आयोगको उपाध्यक्षका लागि ११ जनाले दरखास्त दिएका थिए । जसमध्ये २ जनाको नाम समितिले रद्द गरेको थियो ।

बाँकी रहेका ९ जना मध्ये ३ जनाको नाम प्रधानमन्त्री तथा आयोगका अध्यक्षलाई सिफारिस गरिएको हो । तीनै मध्येबाट एक जनालाई उपाध्यक्ष नियुक्त गर्नुपर्ने प्रावधान चिकित्सा शिक्षा ऐनमा उल्लेख छ ।

लोकसेवाकै पद्धतिमा छनौट हुने उपाध्यक्षको छनौट हुने गर्छ । आयोगले पूर्णता नपाउँदा चिकित्सा शिक्षासम्बन्धी एकीकृत प्रवेश परीक्षा, शिक्षण संस्थाको नियमन, अनुगमन र व्यवस्थापन, शुल्क निर्धारण लगायतका काम प्रभावित बनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*