विदेशी भूमिका सामाजिक अभियन्ता मोहनराज विश्वकर्मा ( चिनारी )

निरन्तर न्यूज
३० श्रावण २०७६, बिहीबार ०७:१६

भारत । सुदुरपश्चिम प्रदेश कैलाली जिल्लाको गौरिगगा नगर पालिका ५ अनडैया निवासी मोहन राज बिश्वकर्मा भारतमा बस्ने नेपालीहरुको माझ समाजसेवी तथा नेपालीहरुलाई अप्ठेरो पर्दा सम्झिने नाम हो ।

बुवा प्रेम बिश्वकर्मा र आमा किस्ना बिश्वकर्माको कोखबाट २०४४ सालमा जन्मेका मोहनको बुवा तत्कालिन नेकपा एमाले पार्टीमा आवद्ध हुनुहुन्थ्यो । तर पनि अलग सोच र भिजन भएका मोहन कम्युनिस्ट बिचाराधाराका बाहेकका कुरामा समेत रुची राख्नुहुन्थ्यो ।

२०६० सालतिर भारतको पुणेमा कामको सिलसिलामा पुगेका विश्वकर्मा खेलकुद क्षेत्रतिर लाग्नु भयो । भारत बाट वुसु तथा कङ्फुमा चर्चित खेलाडी बनेर भारतका लागि नेपाल र बंगलादेशबाट स्वर्ण पदक समेत जितेका थिए ।

भारत र नेपाल मैत्रीपुर्ण गेममा धेरैपटक पुरस्कार र सम्मान थापिसकेका मानबहादुर भारतमा रेस्टुरेन्ट व्यवसाय सहित आफ्नो जागीरलाई समेत निरन्तरता दिइरहनुभएको छ ।

भारतमा बस्ने नेपाली लाई परेको कुनै किसिमको समस्यामा उहाँ अग्रसर भएर समाधान गरिदिने मात्र नभई सधै नेपालीको हक र हितको लागी  समेत आवाज बुलन्द गर्ने व्यक्तिको रुपमा चिनिनुहुन्छ ।

उनी एक कुशल कुक अर्थात् कुकलाई परिचालन गर्ने सेफ समेत हुनुहुन्छ । उहाँले भारतमा काम गर्न आएका १ हजा। भन्दा बढी नेपलीहरुलाई रोजगारी दिएका मात्र छैनन् उनी आफ्नो व्यवसायमा सफल पनि भैसकेका छन् । यही कारणले उनले पेशालाई प्राथमिकता दिएका थिए । उनको सामाजिक सेवा गर्ने मनलाई अलिक फराकिलो गर्दै देशकै सेवा गर्नको लागि राजनीतिलाई नजिकबाट नियाल्न थाले ।

देशमा अब्बल र सादगि नेता डा. बाबुराम भट्टराईलाई पछ्याइरहेका उनिलाई बाबुरामको विचारले समेत खिचेको छ । डा बाबुराम भट्टराईको बिचारलाई नै नेपाली जनताको भविष्यको शुत्रधारको रुपमा बुझेका मोहन धेरै समय राजनितिमा तटस्थ रहेका थिए ।

 

 

तर उनको तटस्थतालाई बाबुरामको विचार र सिद्धान्त तथा मूल्य मान्यताले टिक्न दिएन । पार्टीको भिजन मिसन प्रती इच्छाशक्ति लगाएर नयाँ शक्ति पार्टी नेपालको संस्थापक सदस्य सहित अन्तर्राष्ट्रिय नेपाली समाज भारतको केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय नेपाली समाज भारतको खेलकुद बिभाग संयोजकको जिम्मेवारी बहन गरे । हाल उनीपनि नयाँ शक्ति पार्टी हुँदै समाजवादी पार्टीमा लामबद्ध भएका छन् ।

सन् २०१७ देखि अन्तर्राष्ट्रिय नेपाली समाज भारतमा रहेर केन्द्रीय अध्यक्ष प्रकाश नेपाली मार्फत् पार्टीलाई सहयोग गरिरहे । खेलकुद क्षेत्रलाई विस्तार गरिरहे । बीचमा विचलनमा परेर सबैले पार्टीलाई छोडेको समयमा समेत उनि लगातार अभियानमा जुटिरहेको प्रकाश नेपालीले बताए ।

सदा पार्टीको लाइनलाइ नछोडी र पार्टीप्रती इमानदार बफादार भएर प्रमाणित हुनु भएको अर्जुन बिक सम्झन्छन् । नेपाली राजनितिक मा विभिन्न उथलपुथलका बावुजुद समाजवादी पार्टी, नेपाल र नयाँ शक्ती पार्टी, नेपालको एकतापछि हामी पनि जुलाई १५ २०१९ का दिन गोवामा अन्तर्राष्ट्रिय नेपाली समाज भारतको एकीकरण ऐतिहासिक बिस्तारित बैठकबाट सर्वसम्मतीबाट केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुखमा निर्वाचित भएको विजय नेपालीले जानकारी दिए । देशको सेवा गर्ने सोच रहेको बताउँदै विश्वकर्माले राजनीति नै मूल नीति भएकोले समाजवादी सोच राखेर अघि बढ्न सके देशको विकास तुलनात्मक रुपमा बढी हुने विश्वास मोहनको रहेको उनका सहकर्मी करन साउदले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*