छाक टार्न संघर्ष गर्ने दृष्टिविहिन टेक बहादुर, सन्तानलाई शिक्षा दिन नसक्ने चिन्तामा

सहयाेगी मनहरुलाई स्थानीय युवाहरुकाे अपिल
निरन्तर न्यूज
२९ श्रावण २०७६, बुधबार १५:१५

कैलाली । कैलालीकाे गौरिगङ्ग नगरपालिका वडा न ५  मा बस्दै आएका टेक बहादुर सदाशंकर बिगत लामो समय देखि आफ्नो ७ जनाको परिवारलाई जेनतेन पालन पाेषण गर्दै आइरहेका छन् ।

गाउँ टाेल डुलेर मादल बजाउँदा स्वेच्छाले दिएकाे केही रकमले नै सदाशंकरले विहान वेलुकाकाे परिवारकाे छाक टारीरहेका छ्न् ।

आँखा देख्ने भए त टेकबहादुरलाई परिवार पाल्न कुनै चिन्ता थिएन । आँखा न नदेख्ने भएपछि अहिले आफ्नाे दैनिक कमाईले छाक टार्न नै धाै धाै परिरहेकाे छ ।

दलित परिवारमा जन्मेका टेकबहादुर आँखा नदेख्ने भएपनि हरेक दिन विहान आधा घण्टाकाे पैदल हिडेर स्थानीय बडैपुर बजार, मसुरिया बजारमा गइ मादल बजाएर आफ्नाे परिवारकाे लागि सामलकाे जाेहाे गर्छन् तर पनि साँझ विहान खान पुग्दैन उनलाई भेटेका समाजसेवी युवा करन साउदले जानकारी दिए । चाेकमा मात्र हाेइन बच्चाहरुलाई स्कुल पठाउनकाे लागि दृष्टिविहिन टेकबहादुर मादल बजाएर दुइ पैसाकाे जाेहाे गर्न कैलाली जिल्लाभरमा चल्ने सार्वजनिक यात्रुवाहक वसकाे चक्कर काट्ने गरेकाे साउदले बताए ।

गरिबीकाे कारणले गर्दा टेकबहादुरका सबै सन्तान विद्यालय जान पाएका छैनन् । उनले भरपुर मेहेनत गर्दा पनि आर्थिक अवस्था उस्तै रहेकाेले ३ जनालाई मात्र स्कुल पठाएका छन् । सहयाेगी व्यक्ति संघ संस्थाले सहयाेग गरेमा सबैलाई शिक्षा दिने उनकाे चाहाना रहेकाे छ ।

पछिल्लाे समयमा टेकबहादुरकाे पारिवारिक जीवन एकदमै नाजुक र कष्टकर बन्दै गएपछि करन साउद जस्ता युवाहरुले उनकाे लागि सहयाेग गरिदिन विभिन्न संघसंस्थाहरुलाई अपिल गरिरहेका छन् ।

हालसम्म कतैबाट पनि खासै सहयोग नपाएकाेले आफुहरु लागेर टेकबहादुरकाे परिवारलाई जीवन धान्न सक्ने बनाउन काेशिस गरेकाे साउदले बताए ।

सहयाेगकाे लागि सम्पर्क

करन साउद

९८००६५३५७७। ९८६५८७७८२३

प्रदेश ७ गाैरीग‌ंगा नगरपालिका वार्ड नं ५ अन्डैया

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*