लोकसेवा आयोगकाे विज्ञापन असमावेशी भएकाे भन्दै बालुवाटारमा प्रदर्शन

निरन्तर न्यूज
२८ श्रावण २०७६, मंगलवार १८:२८

काठमाडौं । लोकसेवा आयोगले निकालेकाे विज्ञापन समावेशी नभएकाे भनेर विगत केही समयदेखि काठमाण्डाैँकाे माइतिघर लगायतका स्थानमा विभिन्न जातीय संघसंस्थाले विराेध तथा प्रदर्शन गर्दै आइरहेका छन् ।

यसै क्रममा आज बालुवाटारमा आरक्षण बचाऔँ आन्दाेलनकाे अगुवाइमा प्रदर्शनमा  गरिएकाे छ ।

नेपाल अदिवासी जनजाति महासंघ, दलित गैह्रसरकारी संस्था महासंघ, मधेस राष्ट्रिय परिषद्, लगायत विभिन्न जातीय संघ संस्थाहरुले देशैभर लामाे समयदेखि आन्दाेलन गरिरहेकाे अभियानकाे सचिवालय सदस्यकाे दलमर्दन कामीले जानकारी दिनुभयाे ।

विज्ञापनले समानुपातिक समावेशितालाई नै खतरामा पुर्‍याएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्। खगेन्द्र माखिमकाे ढाडमा चाेट लागेकाे छ । भाेली बुधबार पनि बालुवाटारमा प्रदर्शन गरिने कार्यक्रम रहेकाे कामीले जानकारी दिनुभयाे ।

तश्विर तथा भिडियाे साैजन्य सामाजिक सन्जाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*