भदौ ५ देखि ७ गते सम्म पल्पसामा ‘श्रृजनशील उद्यमी मेला’

निरन्तर न्यूज
२८ श्रावण २०७६, मंगलवार १७:४६

हेटौंडा । यही भदौ ५ देखि ७ गते सम्म  हेटौंडाको पल्पसा हलमा ‘श्रृजनशील उद्यमी मेला’ सञ्चालन हुने भएको छ ।

मकवानपुर महिला उद्यमी व्यावसायी संघ एवम महिला श्रृजनशील केन्द्र काठमाण्डौको आयोजनामा तीन दिने मेलागर्न लागिएको आज आयाेजित पत्रकार सम्मेलनमा जानकारी गराइएकाे छ ।

महिलाहरुले गरेका उत्पादनलाई बजार सम्म ल्याउने तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौ, घर घरमा रोजगारीको अवसर श्रृजना गरौ भन्ने मुल नारा सहित मेलागर्न लागिएको मकवानपुर महिला उद्यमी व्यावसायी संघका अध्यक्ष सुशीला पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

मेलामा बिभीन्न थरीका ५० वटा  स्टलहरु रहने मेलामा २५ देखि ३० हजार जना सर्बसाधरणले अवलोकन गर्ने अनुमान सहित  ३० लाख रुपैयाँ बराबरकाे कारोवार गर्ने लक्ष लिइएकाे पत्रकार सम्मेलनमा जानकारी दिइएकाे थियाे ।

जिल्ला समन्वय समितिकाे हलमा भएकाे पत्रकार सम्मेलनाम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले महिलाहरुको प्रयासबाट गर्न लागिएको मेलालाई सहयोग गर्नसके महिलाकाे उत्पादनले निकट भविष्यमा बजार पाई आत्मनिर्भर हुन मद्दत पुग्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*