प्रकाशको नाममा २१ अर्ब रहेको गलत प्रचार गर्नेलाई कारबाहीको माग (विज्ञप्ती सहित)

निरन्तर न्यूज
२८ श्रावण २०७६, मंगलवार १७:१४

काठमाडौं । प्रकाश दाहालको नाममा २१ अर्ब रुपैयाँ रहेको भन्दै गलत प्रचार गर्नेलाई कारबाही गर्न सरकारसँग नेकपा अध्यक्ष प्रचण्ड सचिवालयले माग गरेको छ ।

आज बिहान एक अपील सार्वजनिक गर्दै प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले यस्तो अपील गरेका हुन् । उनले भनेका छन्, ‘कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं ।

परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं

। यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं । ’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*