सामुदायिक केन्द्र सन्चालन गर्न नेपाली समुदायद्वारा अमेरिकामा भवन खरिद

सुपेन्द्र बस्नेत
२८ श्रावण २०७६, मंगलवार ०९:२१

म्यासेच्युसेट, अमेरिका । नेपालीमा निकै चर्चित एउटा भनाई छ ” तँ आँट म पुरयाउछु ” भन्छ रे भगवानले । याे भनाई चरितार्थ भएकाे छ अमेरिकाकाे बाेष्टनमा ।

अमेरिकाकाे म्यासेच्युसेट राज्यमा बसाेबास गर्ने नेपाली समुदायले बहुउपयाेगी हुनसक्ने भवन खरिद गरेकाे छ ।

सामुदायिक केन्द्रका रुपमा सन्चालन गर्ने उद्देश्यकाे साथ खरिद गरिएकाे फष्ट वाप्टिस्ट चर्चका रुपमा रहेकाे उक्त भवन गत अगष्ट ७ का दिन “पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यूइंगल्याणड” काे नाममा खरिद गरिएकाे हाे । कुल १७ लाख ५० हजार अमेरिकी डलरमा खरिद गरिएकाे उक्त भवन म्यासेच्युसेट राज्यकाे मुख्य सहर बाेष्टन नजिक रहेकाे ब्रेनट्रीकाे वाशिंटन स्ट्रिटमा रहेकाे छ । १४ हजार ४ सय स्क्वायर फुट जमिनमा रहेकाे उक्त भवनमा हाल संस्थालाई सम्बाेधन हुने गरी पशुपतिनाथकाे मन्दिर र स्वयम्भु स्तुपा स्थापना गरिएकाे छ । सन् २०१२ मा गठन गरिएकाे पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यु इंगल्याण्ड(प्याब्फाेन) काे लामाे अथक प्रयास पछि याे काम सम्भब भएकाे हाे ।

मुख्य गरी नेपाली समुदायकाे हितार्थ आवश्यक सामाजिक कार्य गर्ने गरी स्थापित यस संस्थाले भवन जाेडनका लागि नेपालीहरुकाे महान चाड तीहारमा द्येउसी भैलाे खेलेर रकम संकलन गर्ने अभियान सुरु गरेकाे थियाे । रकम संकलनकाे अभियानलाई तिब्र बनाउने मुख्य उद्देश्यले दुई बर्ष अघि सन् २०१७ मा बाेष्टनमा श्रीमतभागवत सप्ताह महायज्ञ गरिएकाे थियाे । चर्चित बाचन पण्डित दिनबन्धु पाेखरेले बाचन गर्नु भएकाे सप्ताह महायज्ञबाट १७ लाख डलर दाताहरुबाट सहयाेग घाेषणा भएकाे थियाे ।

हालसम्म ११ लाख डलर उठिसकेकाे र बाँकी रकम यथासिघ्र उठाँउन सक्रिय रुपमा लाग्नुका साथै थप दाताहरुबाट पनि सहयाेग रकम प्राप्त हुने क्रम जारी रहेकाे संस्थाले जनाएकाे छ । संस्थाकाे बिश्वास र भराेसा गरेर संस्थाकाे महत्वकांक्षी सपना पुरा गर्न साथ दिनु हुने सहयाेगी सम्पूर्णलाई संस्थाकाे तर्फबाट संस्थाका अध्यक्ष बिष्णुमणि आचार्यले धन्यबाद् दिनु भएकाे छ । संस्थाकाे महान अभियान सफल भएकाेप्रति खुशी ब्यक्त गर्दै अध्यक्ष आचार्यले यस सफलताले संस्थालाई निकै उत्साहित गराउनुका साथै थप जिम्मेवारी वाेध समेत गराएकाे बताउनु भयाे ।

संस्थाले भवन खरिद गर्न आवश्यक रकम जाेहाे गरे संगै भवन खरिद गर्ने अभियानलाई सक्रियता दिएकाे भएता पनि विविध कारणले सम्भव भै रहेकाे थिएन । भवन खाेज्ने दुई बर्षकाे अथक प्रयास पछि अन्तत्वगत्वा: गत साता साे अभियानले सार्थकता पाएकाे हाे । मुख्य गरी नेपाली समुदायकाे हितार्थ स्थापना गरिएकाे संस्थाले अागामी दिनमा खरिद गरिएकाे भवनकाे बहुउपयाेग गर्ने उद्देश्य रहेकाे संस्थाका महासचिब बिराेचन नेपालले बताउनु भयाे ।

भाबी दिनमा नेपाली भाषा,धर्म, संस्कृति,परमपरा,रितिरिवाज अादीकाे संरक्षण र संबर्द्धनमा केन्द्रिकृत हुदै संस्थाले आफ्नाे गतिबिधिलाई तिब्रता दिने महासचिब नेपालले बताउनु भयाे । अमेरिकाकाे यस म्याचेच्युसेट राज्यमा झण्डै ३० हजारकाे हाराहारीमा नेपालीहरु रहेकाे अनुमान गरिएकाे छ । जाे अमेरिका कै नेपालीहरुकाे ठुलाे संख्या रहेकाे राज्यहरु मध्यकाे एक हाे ।

यधपी हालसम्म झण्डै हजार हाराहारी नेपालीहरुकाे मात्र संस्थामा सक्रिय सहभागिता रहेकाे महासचिव नेपालले जानकारी दिनु भयाे । आगामी दिनमा बाँकी ठुलाे हिस्सालाई आबद्ध गराउन संस्थाले आवश्यक कदम चाल्दै जाने जानकारी दिदै महासचिब नेपालले भन्नु भयाे ” सामुहिक र सामाजिक उद्देश्यका साथ जन्मिएकाे यस संस्थाले आफ्नाे उद्देश्य पुरा गर्नका लागि सबै नेपालीलाई समेटेर जानु पर्दछ । जसका लागि हामी भाबी दिनमा केन्द्रिकृत हुने छाै” ।

संस्थाकाे अभियानलाई सफल बनाउन महत्वपूर्ण याेगदान पुर्याउनु हुने सबैलाई धन्यबाद दिनु हुदै नेपालले आगामी दिनमा अझबढी सक्रिय सहभागिताकाे आवश्यकता पर्ने भएकाले अमुल्य सुझाब सल्लाह सहित सक्रिय सहभागिता जनाउन सबै नेपाली भाषी समुदायलाई अनुराेध समेत गर्नु भयाे ।

पछिल्लाे समयमा अमेरिकाकाे बिभिन्न राज्यहरुमा नेपालीहरु संगठित हुने र आफ्नाे समुदायकाे हितका लागि बिभिन्न गतिबिधिहरु गर्ने कामले तिब्रता पाउदै गएकाे छ ।

तश्विर : सुपेन्द्र बस्नेत

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*