कैलाली र मकवानपुर उद्योग बाणिज्य संघवीच छलफल

निरन्तर न्यूज
२७ श्रावण २०७६, सोमबार २०:४७

हेटौँडा । कैलाली उद्योग बाणिज्य संघको टोली अध्ययन अवलोकन भ्रमणका क्रममा हेटौँडा आईपुग्दा मकवानपुर उद्योग वाणिज्य संघका  कार्यसमिति अध्यक्ष कृष्ण कटुवालले स्वागत गरेका छन् ।

कार्यक्रममा अध्यक्ष कटुवालले मकवानपुर उद्योग बाणिज्य संघको विगत र वर्तमानबारे जानकारी दिंदै स्थानीय व्यवसायिक समस्याहरुबारे अवगत गराएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यद्वय राजकुमार न्यौपाने र अरुणराज सुमार्गी, संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट लगायतकाे सहभागिता रहेकाे थियाे ।

कैलाली उद्योग वाणिज्य संघकाे टाेलीमा अध्यक्ष पुष्पराज कुंवर सहित सचिव सिद्धराज पनेरु, कार्यकारी निर्देशक गोमा अधिकारी लगायतकाे सहभागिता रहेकाे थियाे ।
दुवैले संघका गतिविधि पर्यटन वर्ष २०२० को प्रचारप्रसार लगायत सरकारकाे कर व्यवस्था बारे चर्चा गरेकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*