घुससहित वन अधिकृत पक्राउ
निरन्तर न्यूज
२७ श्रावण २०७६, सोमबार ११:५१
डोटी । डोटीको बिपीनगरमा कार्यरत एक जना सहायक वन अधिकृत पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीन लाख २६ हजार घुस रकमसहित सहायक वन अधिकृत सुरेशचन्द्र डिसीलाई पक्राउ गरेको हो ।
अधिकृत डिसीलाई आयोगको कञ्चनपुर टोलीले आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँतकाँडाबाट पक्राउ गरेको हो । डिसीलाई नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।