एकै दिन दुई गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी
काठमाडौं । दाङ र कपिलवस्तुमा एकै दिन दुई गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी गरिएको छ ।
शनिबार मध्यराति भएका यी दुवै आगजनी कसले र किन गरेको हो भन्ने खुलेको छैन । तर, प्रहरीले विप्लव समूहले यी आगजनी गरेको हुनसक्ने आशंका गरेको छ ।
दाङमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने गाडी र कपिलवस्तुमा मायादेवी गाउँपालिकाका प्रमुख बजरंगी चौधरी चढ्ने गाडीमाथि आगजनी भएको हो ।
दुवै सरकारी गाडीमा अज्ञात समूहले आगजनी गरेको र घटनास्थलमा केही नभेटिएकाले प्रहरीले अनुसन्धान सुरु गरेको छ । तर, ती क्षेत्रमा पछिल्लो समय विप्लव समूहले आफ्ना गतिविधि बढाएकाले विप्लव समूहले गाउँपालिका अध्यक्षहरुको गाडीमा आगजनी गरेको हुनसक्ने आशंका गरिएको छ ।
पछिल्लो समय पश्चिममा विप्लव समूहले आफ्ना गतिविधि बढाएको छ । उनीहरुले अबका दुई महिना आर्थिक संकलनमा केन्द्रित हुने रणनीति लिएका छन् । त्यसैले गाउँपालिका अध्यक्षहरुसँग समेत उनीहरुले चन्दा दिन बारम्बार धम्की दिँदै आएका छन् । फरकधारबाट