प्रदेश सभाको वैठक भदौ ५ गते बस्ने
हेटाैँडा । ३ नम्बर प्रदेशकाे प्रदेश सभाको वैठक आगामी भदौ ५ गते बस्ने बताइएकाे छ । असार १२ गते जेटको छलफल सकाएर स्थगित भएको प्रदेश सभाको बैठक भदौ ५ गते बस्नकाे लागि सबै तयारी गरिएकाे प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
लामो समसम्म संसद बस्न नसक्दा प्रदेश सभा सदस्यहरुकाे काम नभएकाे जस्ताे देखिएकाे छ ।सभामुख श्रेष्ठले २६ गतेबाट समितिहरुको लगातार वैठक रहेको समेत बताए ।
प्रदेश ३ को संसद लामो समयदेखि स्थगित भएपछि प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले छिटो बैठक बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएका थिए ।