प्रदेश ३ का कर्मचारीले प्रकोप पीडितलाई एक दिनको तलब दिने

निरन्तर न्यूज
२५ श्रावण २०७६, शनिबार १८:२३

हेटौंडा । ३ नम्बर प्रदेशका कर्मचारीहरुले एक दिन बराबरको तलब प्राकृतिक प्रकोप पीडितहरुलाई सहयोग गर्ने भएका छन ।

प्रमुख सचीवको अध्यक्षतामा बसेको सचीव स्तरको बैठकले सो निर्णय गरेको हो ।

असार र साउन महिनामा आएको प्राकृतिक प्रकोपबाट प्रभावित हरुलाई प्रदेश अन्तर्गत रहने प्रदेश सरकारका कर्मचारीहरुको एक दिनको तलब प्रदेश बिपद ब्यबस्थापन कोषमा जम्मा गरीने ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकालले जानकारी दिनुभयो ।

यसै गरि मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयले प्रदेश बिपद व्यबस्थापन कोषमा ४२ हजार ८ सय ८७ रुपैयाँ जम्मा गर्ने भएको छ ।

साउन महिनाको तलबमा कट्टा गरि प्रदेश बिपद व्यवस्थापन कोषमा जम्मा गर्ने कार्यालयका लेखा अधिकृत देविप्रसाद गौतमले बताउनुभयो । यश अघि नै प्रदेशका मन्त्री हरुले १० दिनको पारीश्रमिक दिने निर्णय भैसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*