महिला संघ मकवानपुरद्वारा बाढीपीडितलाई सहयोग

निरन्तर न्यूज
२४ श्रावण २०७६, शुक्रबार १६:००

भीमफेदी ।  नेपाल महिला संघको ७२ औँ स्थापना दिवसको अवसरमा महिला संघ मकवानपुरले भीमफेदी गाउँपालिका ५ का बाढीपीडितहरुलाई शुक्रबार खाद्यान्न सामाग्री वितरण गरेको छ ।

महिला संघ मकवानपुर सभापति लक्ष्मी श्रेष्ठको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा बाढीपीडित परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डिनाले महिला संघले ७२ औँ स्थापना दिवसमा जिल्लामा कोठामा बसेर कार्यक्रम गर्नुभन्दा बाढीपीडितको घाउँमा मल्हमपट्टी लगाउने सह्हानीय कार्य गरेकोमा धन्यवाद दिनुभयो ।

कांग्रेसले देशैभर विपतमा परेकाहरुलाई सहयोग गरिरहेको बताउँदै नेतृ डिनाले सरकारले केही नगरिरहेको अवस्थामा कांग्रेस मकवानपुर जिल्लाभर पीडितको घरदैलोमा पुगेर सहयोग गरिरहेको बताउनुभयो ।

गत असार २७ गतेदेखि परेको अविरल वर्षातका कारण गएको बाढीपहिरोले घर भत्केका भीमफेदी गाउँपालिका ५ दमार, बासथला टोलका १० घरपरिवारलाई महिला संघ मकवानपुर र कांग्रेस भीमफेदी गाउँपालिकाको संयुक्त सहयोगमा जस्तापाता, चामल, तेल, नुन, चाउँचाउँ, विस्कुट, भाँडाकुँडा, लत्ताकपडालगायतका सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवं संगठन विभाग प्रमुख कृष्णप्रसाद सञ्जेल, २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, भीमफेदी गाउँपालिका संयोजक सञ्जिव श्रेष्ठ, नेपाल महिला संघ २ नम्बर क्षेत्रीय अध्यक्ष शान्ता बिक, भीमफेदी गाउँपालिका सहसंयोजक सुमित्रा थिङले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा महिला विभाग प्रमुख अमृता थापा मगर, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेता नारायण थापामगर, जगतसिं वाईबा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, गौतम समाज ३ नम्बर प्रदेशका अध्यक्ष होमनाथ गौतम, महिला संघ नगर अध्यक्ष लक्ष्मी गौतम, नेपाल ट्रेड युनियन मकवानपुरकी उपाध्यक्ष शर्मिला श्रेष्ठ, एकल महिला संयोजक टीका पौडेल, मनहरी गाउँपालिका अध्यक्षका प्रत्यासी शंकर न्यौपाने, महिला नेतृ गोरीमाया लामा, तरुण दल भीमफेदी गाउँपालिका संयोजक मित्रबन्धु सिंजालीलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*