जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभा हुने
हेटौंडा। जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभा आगामी २६ गते हेटौंडामा हुने भएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सम्वाेधन गर्ने उक्त सभामा हालसम्म गरेका काम कारवाही तथा आगामी नीति तथा कार्यक्रम समेत पारित गर्ने जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयाे ।
आज आयाेजित पत्रकार सम्मेलनमा जिल्लाका १० वटै स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षहरुकाे जिल्ला सभामा सहभागिता रहने प्रमुख खुलालले जानकारी दिनुभयाे ।
साथै, जिल्ला सभामा मकवानपुर विभिन्न क्षेत्रमा याेगदान गर्नेलाई सम्मान समेत गरिने प्रमुख खुलालले जानकारी दिनुभयाे ।