स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि

निरन्तर न्यूज
२३ श्रावण २०७६, बिहीबार ०९:२४

एजेन्सी । भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । भारतीय जनता पार्टीकी नेतृ समेत रहेकी ६७ वर्षीया स्वराजको मंगलबार राती हृदयघातका कारण नयाँदिल्लीस्थित एम्स अस्पतालमा निधन भएको थियो ।

स्वराजको अन्त्येष्टिमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथसिंह लगायतको उपस्थिति रहेको थियो ।

स्वराजको शवलाई दिउँसो भाजपा पार्टी हेर्डक्वाटरमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको थियो । उनको अन्तिम संस्कार उनकी छोरी बाँसुरीले गरेकी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*