लोकसेवा विधेयक पारित, कर्मचारी भर्नाको बाटो खुल्यो
जनकपुरधाम । प्रदेश नं. २को प्रदेश सभाले लोकसेवा विधेयक सर्वसम्मतले पारित गरेको छ ।
विधेयकमाथि नेपाली काँग्रेसका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी र नेकपाका सदस्य गोविन्द न्यौपानेले राख्नु भएको जिज्ञासाको मुख्यमन्त्री लालबाबु राउतले जवाव दिनु भएपछि प्रदेश सभाले विधेयक सर्वसम्मतिले पारित गरेको हो ।
कर्मचारी अभावको कारण सरकार प्रभावकारी रुपले काम गर्न भन्नु हुँदै मुख्यमन्त्री राउतले विधेयक पारित भएपछि आफनै कर्मचारी भर्ना गरेर सरकार संचालन सहज बनाउने बताउनु भयो ।
लोकसेवा आयोगको विधेयक पारित भएपछि प्रदेश सरकारले कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ । यस अघि प्रदेश सरकारले प्रहरी विधेयक पारित गरेपनि लोकसेवा आयोग नभएका कारण प्रहरी भर्ना गर्न सकेको थिएन ।