माछापालन गरेर स्वरोजगार बन्दै सिन्धुलीका युवाहरु

निरन्तर न्यूज
२२ श्रावण २०७६, बुधबार १५:५४

सिन्धुली । ‘निरन्तर कृषिमा प्रतिवद्धता, समृद्ध गोलन्जोर हाम्रो प्रतिवद्धता’ भन्ने मूल मन्त्र लिएर सिन्धुलीका युवाहरुले सामुहिक रुपमा माछा पालन व्यवसायको शुरुवात गरेर गाँउमै स्वरोजगार बनेका छन् ।

जिल्लाको गोलञ्जोर गाउँपालिका–३ ग्वालटारका युवाहरुले निरन्तर कृषक समूह गठन गरी गाँउमै सामूहिक रुपमा माछापालन व्यवसाय शुरु गरेका छन् ।

गाउँपालिकाबाट १० लाख ५० हजार अनुदान लिएर आफुहरुले पनि प्रतिव्यक्ति ६० हजार रुपैया लगानी गरेर युवाहरूले ३ वटा पोखरीमा माछाका भुरा हालेर व्यवसायको थालनी गरेका छन् ।

पहिलो चरणमा १० रोपनी जग्गामा पोखरी निर्माण गरेर माछाका भुरा हालेर कामको थालनी गरेको सन्चालक सुदिप कार्कीले जानकारी दिए ।
७० रोपनी जग्गा भाडामा लिएर माछापालन व्यवसाय गर्न कम्मर कसेका युवाहरुले माछापालन सम्वन्धमा पूर्ण जानकारी लिएर व्यवसायको थालनी गरेको सन्चालक कार्कीले बताए ।

अहिले शुरुवाती चरण भएकोले नव निर्माण पोखरीमा रघु, नैनी, कमनक्राफ्ट जस्ता जातका माछाका भुरा जनकपुरबाट ल्याएर हालिएको उनले बताए ।

कार्कीले तीनवटा पोखरीमा अहिले पोखरीमा ४ हजार ५ सय ६० भुरा र २२ सय फौसका भुरा हालिएको बताए । साना र ठूलागरी मिलाएर हालेका भुरा माछा असोजमा तयार हुने बताए ।

सुनकोसीको तिरमा बसेर पनि तराईका माछा खाइरहन बाध्य भएका हाम्रो लागि गाउँमै माछा उत्पादन गरि स्वरोजगार भन्ने लक्ष समेत रहेको कार्कीले बताए ।

बीपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा सञ्चालित सर्यौको संख्यामा रहेको होटलले बाहिरी जिल्लाबाट माछा ल्याउने गरेको आफुहरुले सर्भेक्षण गरेको हुनाले ती सबै होटलमा स्थानीय माछा पु¥याउने आफूहरूको उद्देश्य रहेको उनले बताए । त्यसो गर्दा नै हाम्रो माछापालन व्यवसायले बजार पाउने छ ।

असोजदेखि माघसम्म माछा बिक्री वितरणको लागि उपयुक्त हुने अनुमान गरिएको छ । माछासँगै केही हाँस समेत पालिएको हुँदा गाउँपालिकाबाट आर्थिक सँगै प्राविधिक सहयोगको पनि अपेक्षा गरेका छौँ  कार्कीले बताए ।

१७ लाख रुपैयाँ लागत रहने यस माछापालन व्यवसायबा६ वार्षिक ५ देखि ६ लाख लाख रुपैयाँ आम्दानीको अपेक्षा गरिएको उनले बताए ।

सिन्धुली ग्वालटारको स्थानीय सरकारले गरेको सहयोग र युवाहरुको जोश जाँगर भिजन तथा आत्मविश्वासलाई अरुले पनि आत्मसाथ गर्न सके हातमुखको जोहो गर्नैको लागि विदेशी भूमिमा पसिना बगाउने पर्दैन थियो कि ?

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*