नेपाल एयरलाइन्स सुधार्न उड्ययन मन्त्रीकाे नयाँ पहलकदमी
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स सुधार्न नयाँ पहलकदमी लिएका छन् । भट्टराई नेतृत्वको मन्त्रालयले नेपाल वायुसेवा निगममा सुधार ल्याउने विषयमा सुझाव दिन पूर्वसचिव सुशील घिमिरेको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।
बुधबारको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलका सदस्यहरुमा लेखा विज्ञका रुपमा प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिम प्रकाश पौडेल र क्याप्टेन सुधीर शम्शेर राई रहेका छन् । त्यसैगरी, पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने कार्यदलको सदस्य सचिव तोकिएका छन् ।
मन्त्रालयले कार्यदललाई एक महिनाभित्र ठोस सुझावसहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना समेत पेश गर्न जिम्मेवारी