भारतको पंजावमा सुदूरपश्चिमेली समाज स्थापना
भारत । भारतको पंजावमा आफ्नाे कर्मथलाे बनाएर बसिरहेका सुदूरपश्चिमका नेपालीहरुकाे एक भेलाले सुदुरपश्चिमेली नेपाली समाज काे स्थापना गरेका छन् । पंजावमा भएको सुदूरपश्चिमेलीहरुको भेलाले नारायण जोशीको अध्यक्षतामा सुदूरपश्चिमेली समाजकाे राज्य समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा अनुराग ताम्राकार, सचिवमा खडकजंग कुँवर, कोषाध्यक्षमा करन नाथ र सह–कोषाध्यक्षमा नरेन्द्र कुमार चयन भएका छन्।
त्यस्तै समाजकाे सदस्यहरुमा पुष्पराज ओझा, तेजराज जोशी, खगेन्द्र जोशी, हिरा नेपाली, भिम पार्की, महेश अवस्थी, रमेश परियार, गोपी भट्ट र तेज नेपाली चयन भएका छन्।
समितिको सल्लाहकारमा देवेन्द्र भाटलाई चयन गरिएको कोषाध्यक्ष करन नाथले जानकारी दिए। समस्यामा परेका सुदूरपश्चिमेलीहरु सहित नेपालीहरुबीच भाइचाराकाे सम्वन्ध बनाइ राख्न तथा आवश्यक पर्दा सहयोग गर्न सजिलाे हाेस भन्ने उद्देश्यले समिति गठन गरिएको अध्यक्ष जोशीले बताए। उनले पंजाव राज्यमा बसाेबास गर्ने नेपालीहरुलाई समाजकाे सम्पर्कमा आउन पनि आग्रह गरेका छन्। नेपालकाे सुदुरपश्चिम क्षेत्र र पन्जावकाे समाज मिलेर सामाजिक कार्यहरु गर्ने साेच रहेकाे सुदुरपश्चिमामा बस्ने एक युवा करन साउदले जानकारी दिनुभयाे ।