भारतीय जनता पार्टीकी नेतृ सुष्मा स्वराजको निधन

निरन्तर न्यूज
२२ श्रावण २०७६, बुधबार ०६:४१

नयाँ दिल्ली । भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ सुष्मा स्वराजको निधन भएको छ । नरेन्द्र मोदीको यस अघिको क्याबिनेटमा विदेशमन्त्री समेत रहेकि स्वराजको ६७ वर्षको उमेरमा हृदयघातका कारण मंगलबार राति अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) अस्पतालमा निधन भएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्।

मंगलबार राति सवा १० बजे उनलाइ अचानक हृदयघात भएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो। २५ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय स्वराजको राजनीतिक गुरु लालकृष्ण आडवानी भएको बताइएको छ ।

परिवारका सदस्यहरुका साथै केन्द्र राज्यका मन्त्रीहरु लगायत विभिन्न राजनीतिक दलका नेताहरु एम्स (AIIMS) अस्पताल पुगेको भारतीय सन्चारमाध्यमले जनाएको छ ।

भारतीय राष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, राहुल गान्धी, स्वास्थ्यमन्त्री हर्षवर्धन लगायतले स्वराजलाई प्रेरक व्यक्तित्वको रुपमा लिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*