घुससहित हेटाैँडाका एक अधिकृत अख्तियारकाे फन्दामा

निरन्तर न्यूज
२० श्रावण २०७६, सोमबार ०८:१२

हेटौँडा । प्रदेश सरकार अन्तरगतको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय हेटौँडामा कार्यरत अधिकृत चन्दनकुमार अमात्यलाई घुससहित  अख्तियारले  पक्राउ गरेकाे छ ।

अमात्यलाई आइतबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले कार्यालयबाटै पक्राउ गरेको जनाएकाे छ । उद्योग दर्ता गर्न आवश्यक प्रक्रिया पुरा गरिदिने भन्दै उनले सेवाग्राहीसंग घुस मागेको सूचनाको आधारमा हेटौँडा–५ स्थित कार्यालय पुगेको प्रहरी नायव उपरीक्षक केशव भट्टराईको टोलीले उनलाई ५० हजार रुपैँया घुस रकमसहित पक्राउ गरेको जनाएकाे छ ।

उनी लामो समय घरेलु तथा साना उद्योग कार्यालय हेटौँडामा कार्यरत थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*