पूर्व युवराज्ञी हिमानीले ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने
काठमाण्डाैँ । पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्ति र प्रकाेपमा परेका नागरिकहरुलाई सहयोग गर्नकाे लागि ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने जानकारि दिएकी छिन्।
पूर्वयुवराज्ञी शाहले बाढी, पहिरो, डुबान तथा प्राकृतिक प्रकाेपमा परेका पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउने साेचका साथ कोष स्थापना गर्न लागिएको आज काठमाडौंमा आयाेजना गरिएकाे पत्रकार सम्मेलनमा जानकारी दिइन् ।
पूर्व युवराज्ञी शाहले पूर्व औरहीका अग्नी पीडित, पश्चिम खारापानीका बाढी पीडित, सुर्खेतका बाढीपीडितलाई समेत राहत दिन पनि कोष स्थापना गरेका बताउँदै हिमानी ट्रष्टकाे अध्यक्ष समेत रहेकि शाहले कोषमार्फत् विपत्तिमा परेका बाढी, पीडितलाई राहत दिन पूर्वराजा ज्ञानेन्द्र शाहका सन्देशहरुको संग्रहित पुस्तक विक्री वितरणमा समेत राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइन् ।
हिमानी ट्रष्टले सामाजिक कार्य अन्तर्गत भूकम्प पीडितलगायतका अन्य प्रकार पिडीतहरुलाई पनि समय समयमा राहत वितरण गर्दै आएको बताइन्।