माधव नेपाल र योगेश भट्टराईकाे एकसाथ आँखा रसायाे

निरन्तर न्यूज
१९ श्रावण २०७६, आईतवार १७:१८

काठमाडौं  । प्रसंग हो नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईलाई बधाई दिने सन्दर्भ । उपस्थित थिए पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पर्यटनमन्त्री योगेश भट्टराई । सन्दर्भ हो संसदीय समितिको बैठक ।

आइतबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकाे बैठकमा नेपाल र भट्टराईको आँखा आँसुले भरिए । भयो के भने अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार नवनियुक्त पर्यटनमन्त्री योगेश भट्टराईका लागि स्वागत कार्यक्रम राखेको थियो ।

नवनियुक्त पर्यटनमन्त्री भट्टराईलाई नेपालले गर्नुपर्ने कामको सूचि नै बताउन थाले । नेपालको भनाई टुंगिएपछि बोल्ने पालो आयो मन्त्री भट्टराईको । उनी पुराना दिनहरु सम्झन थाले ।

योगेशले सुरुमै माधव नेपाललाई आफ्नो नेता मात्र नभएर आफ्नो गुरु पनि भएको बताए । मन्तव्यको क्रममा विगत सम्झिएका भट्टराई भावुक बन्न थाले । २०४३ सालतिरको कुरा सुम्झन थाले ।

‘पञ्चायत निर्वाचनलाई जनपक्षीय उम्मेदवारमार्फत उपयोग गर्ने पार्टीको नीतिअनुरूप म काठमाडौंमा खटिएको थिएँ, खाने–सुत्ने ठेगान थिएन । एक्कासि बिरामी परेछु, टिचिङ अस्पतालमा भर्ना भएको थिएँ । डाक्टरले समेत म बाँच्ने आशा मारिसकेका थिए, ६० दिनको अस्पताल बसाइका क्रममा माधव नेपाल मलाई भेट्न आउनुभएको थियो, डाक्टरले समेत आशा मारिसकेको अवस्थामा उहाँको एक स्पर्शले नै मलाई बाँच्ने शक्ति प्राप्त भएको थियो ।’

भट्टराईले गला अवरुद्ध पार्दै यसो भनिरहँदा माधव नेपालको पनि आँखा रसाए । वातावरण नै स्तब्ध भयो । नेता नेपालले आफ्नो अगाडि रहेको ‘टिस्यु’ पेपरले आँखा पुछ्न थाले ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*