सरकारले एकै पटक चारगुणा कर वृद्धि गरेको भन्दै व्यवसायीहरु रुष्ट

निरन्तर न्यूज
१९ श्रावण २०७६, आईतवार १६:२९

काठमाडौं । सरकारले ठूलो मात्रामा कर वृद्धि गरेको भन्दै उद्योगी तथा व्यवसायीहरु रुष्ट बनेका छन् ।

आइतबार ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै उद्योगी तथा व्यवसायीले कर वृद्धि गरेको भन्दै सरकारको आलोचना गरेका छन्।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले चालू आर्थिक वर्षबाट सरकारले कर एकै पटक चार गुणा वृद्धि गरेको बताएका थिए । उल्लेख गर्दै सरकारको आलोचना गरेका हुन्।

व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत गरी दोहोरो करमा मारमा पार्ने काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए। उनले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिवद्धता पनि व्यक्त गरे।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले कर मैत्री वातावरण बनाउन सरकारसँग माग गरे। उनले व्यवसायीहरुलाई हतोत्साही हुने गरी करको व्यवस्था सरकारले गर्न नहुने पनि स्पष्ट पारे।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले सरकारले चालू आर्थिक वर्षबाट कर वृद्धि गरेर व्यवसायीहरुलाई मारमा पारेको भन्दै तत्काल हटाउन माग गरे। उनले व्यवसायका लागि चर्को व्याजदरका कारण मुलुकको उद्योगधन्दा फष्टाउने अवस्था नरहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए। उपाध्यक्ष प्रधानले करको दायरा बढाउने कार्यमा भने महासंघले सरकारलाई सक्दो सहयोग गर्ने पनि बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*