साइबर अपराधलाई नियन्त्रण गर्न मकवानपुर प्रहरीकाे अभिमुखिकरण
हेटाैँडा । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय साइबर ब्युरो काठमाडौं र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयाेजनमा हेटौंडामा महिला तथा बालबालिकालाई साइबर क्राइमकाे बारेमा अभिमुखिकरण गरिएकाे छ ।
समुदाय प्रहरी सहितकाे जनचेतनामुलक कार्यक्रममा हेटौंडा नगरमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागितामा साइबर अपराधका बिषयमा विषय विज्ञबाट अभिमुखिकरण गराइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी मुकेश कुमार सिंहे बताउनुभयाे ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय केन्द्रीय साइबर ब्युरो काठमाडौंका प्रहरी नायव महानिरीक्षक विकास श्रेष्ठले अपराध गर्ने तरिका पछिल्लो समयमा प्रविधिसँग जाेडिएकाेले साइबर अपराधलाई नियन्त्रण गर्न प्रहरी लागिपरेको बताए । सामाजिक सञ्चाललाई दुरुपयोग नगर्न र साइबर अपराध नगर्न सबै बिद्यार्थीहरुलाई उनले आग्रह गरे ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय केन्द्रीय साइवर व्युरो काठमाण्डौंका प्रहरी बरिष्ठ उपरिक्षक नबिन्द्र अर्यालले अर्काको फेसबुक चलाईदिने, म्यासेन्जरमा नराम्रा कुराहरु पठाउने काम पनि साइबर अपराध भएकाेले नगर्नका लागि आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष शालिकराम पुडासैनी, माईति नेपा मकवानपुरका प्रमुख माया लामा प्याब्सनका विनाेद सुवेदी प्रहरी निरीक्षक सन्ताेष श्रेष्ठ लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।