गोली लागेका समाजवादी पार्टीका नेता यादवकाे बयान

निरन्तर न्यूज
१६ श्रावण २०७६, बिहीबार २१:२७

कपिलवस्तु । शुद्धोदन गाउँपालिका–५ बिचौवापुर बस्ने  समाजवादी पार्टीका नेता ४० बर्षीय रामनयर यादवमाथि बिहीबार दिउँसो करिब १ बजे गोली प्रहार भए पनि उनले बालबाल ज्यान बचाएपछि यस्तो बयान दिएका हुन् ।

लुम्बिनी तौलिहवा सडकखण्ड अन्तर्गत शुद्धोदन गाउँपालिकाको टिटिरिहया नजिकै समाजवादी पार्टी नेपालका जिल्ला नेता राम नयर यादवले भने ‘बल्लतल्ल ज्यान जोगाएँ, गोली हानेपछि उनीहरु दक्षिणतर्फ भागे ।’ बयानकाे क्रममा यादवले भने ।

यादव आफनो लु १९ प ४४४३ नम्बरको मोटरसाईकल चढेर लुम्बिनीबाट तौलिहवा जाँदै गर्दा बाटैमा उनीमाथि गोली प्रहार भयो । यादवका अनुसार उनीमाथि आधा दर्जनको संख्यामा रहेका व्यक्तिहरुले गोली चलाएका हुन् । आक्रमणकारीले चलाएको गोली उनको बायाँ हातको पाखुरामा लागेको छ । सत्तारुढ समाजवादी पार्टीका जिल्ला नेता समेत रहेका यादव प्राथमिक उपचारपछि पार्टीको तौलिहवास्थित कार्यालय पुगेका थिए ।

घाइते यादवले आफूमाथि गोली चलाउने चिनेको बताएका छन् । वडा नम्बर ५ शिवलवाका लाला भन्ने ओमप्रकाश चौधरी, वडा नम्बर ४ बिठुवाका अनिल चौधरीलगायतका आधा दर्जनको समूहमा रहेको टोलीले आफूमाथि गोली हानेको उनले बताएका छन् । उनले उनीहरुमाथि किटानी जाहेरी दिने पनि बताएका छन् ।

स्थानीयका अनुसार गोली प्रहार गर्ने समूह पूर्वमाओवादी समूहका हुन् । घाइते यादव भने त्यतिबेला माओवादी प्रतिकारमा लागेका थिए । यसैले उनीहरुबीच दुश्मनी रहँदै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*