अबदेखि बैंक तथा वित्तीय संस्थाका सिईओ राष्ट्र बैंकले छान्ने

निरन्तर न्यूज
१४ श्रावण २०७६, मंगलवार १६:१५

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) को छनौट अबदेखि नेपाल राष्ट्र बैंकले गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सिईओ)को छनौट गर्ने तयाराी भइरहेको राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बताएका हुन् । सिइओ छनौट राष्ट्र बैंक आफैले गर्ने गरी मौद्रिक नीति तय गरिएको गभर्नर नेपालको भनाइ छ ।

गभर्नर नेपालले मंगलबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा बैंक तथा वित्तिय संस्थाको स्वच्छताका लागि यस्तो कदम चाल्न लागिएको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*