सेवाग्राहीबाट घुस लिँदै गर्दा अधिकृत पक्राउ
काठमाडौं, १३ साउन । अख्तियार अनुसन्धान आयोगले घुससहित जनस्वास्थ्य अधिकृत पक्राउ गरेको छ ।
अख्तियारले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत(सातौं तह) राम अवतार गुप्तालाई घुसहित पक्राउ गरेको हो । आयोगको टोलीले गुप्तालाई १ लाख घुससहित समातेको हो ।
सेवाग्राहीसँग जनचेतनामुलक सामग्रिहरु रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिएर कमिशन वापत घुस लिइरहेको अवस्थामा टाेलीले उनलाई पक्राउ गरेको हो। बबरमहलस्थित वन विभागको परिसबाट उनलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरिरहेकाे छ।