पेस्ताेल र लागुऔषधसहित ३ प्रहरी पक्राउ
सुनसरी। इलाका प्रहरी कार्यालय धरानले लागुऔषधको कारोवारमा संलग्न तीनजना प्रहरीलाइ पक्राउ गरेकाे छ ।
पक्राउ परेकाहरूकाे साथबाट एकथान पेस्तोल सहित लागुऔषध भेटिएकाे प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरिक्षक ढुण्डिराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा सशस्त्र सुरक्षा बेस गोलबजार सिराहामा कार्यरत सशस्त्र प्रहरी हबल्दार जंगबहादुर श्रेष्ठ, इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी जवान दिपककुमार तामाङ र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सन्तोष तामाङ रहेका छन् ।
प्रहरीसँगै लागुऔषधसहित पक्राउ पर्नेमा धरान ८ का दिलकुमार लिम्बु र धरान १९ का ओमबहादुर लिम्बु रहेका छन्।
प्रहरीले प्रक्राउ परेका सशस्त्र प्रहरी हबल्दार श्रेष्ठले बोकेको एकथान पेस्तोल, गोलीसहित तथा ४ सय थान लागुऔषध स्पास्मो प्रोक्शिवन बरामत गरेको छ। पाँचै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको नायब उपरिक्षक न्यौपानेले बताए।