ओडारमा १६ किलो सुन
गोरखा । गोरखाको धार्चेस्थित ओडारमा लुकाई राखेको १६ किलोग्राम सुन बरामद भएको छ ।
प्रहरी टोलीले ओडारमा लुकाई राखेको अवस्थामा सुन बरामद गरेको हो । सुन बरामदका साथै गोरखाका धनकुमार गुरुङलाई पक्राउ गरेको गण्डकी प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेले जानकारी दिए ।
प्रहरीले पक्राउ गरेका गुरुङ खच्चरी व्यवसायी भएको स्रोतले उल्लेख गरेको छ । उनले यसअघि आफू नै लुटिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले छ टोली बनाएर नै खोजविन र अनुसन्धान समेत गरेको थियो ।
पछिल्लो समय अनुसन्धान गर्दै जाँदा उनले नै लुकाएर राखेको १६ किलो सुन ओडारमा फेला पार्न प्रहरी सफल भएको हो । यो सुन कसको थियो ? कहाँबाट त्यहाँ पुर्याएको थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।