संसदको रोष्ट्रमसम्मै पानी पसेपछि …….
काठमाडौ । लगातारको वर्षापछि संसद्को सभाहलभित्रै पानी पसेको छ । पानीका कारण प्रदेश १ को संसद् बैठक १० दिनलाई स्थगित गरिएको छ । बुधबार बजेट अधिवेशनको २७ औं बैठक थियो । तर, संसदको रोष्ट्रमसम्मै पानी पसेपछि बैठक स्थगित गर्नुपरेको हो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गर्दै साउन १९ गतेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिनुभएको छ । संसद्को बैठक हल गहिरो भागमा पर्ने भएकाले पानीले समस्या निम्ताएको हो । वर्षाको पानी र ढलको फोहोर पनि भित्रसम्मै पस्ने गरेको छ ।
केही समयअघि काँग्रेस सांसद प्रतापप्रकाश हाङ्गामले संसद् भवन हरेक बर्खामा डुबानमा पर्ने र ढलको पानीसमेत हलभित्र छिर्ने समस्या भएका कारण संसद् भवन विराटनगर भन्दा फरक स्थानमा वा जिल्लामा सार्नुपर्ने बताउनुभएको थियो ।