पानी परेपछि शान्तिनगरमा डुबानको त्रास, हतोत्साहि नहुन वडा अध्यक्षको आग्रह
हेटौंडा। पानी लगातार पर्न थाल्यो कि हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर ५ शान्तिनगर, गर्दोही आसपासका जनतालाई डुबानमा पर्ने त्रासले पिरोलिरहन्छ ।
सधैभरी त्रासमा बस्न नपर्नेगरि दिर्घकालिन समाधान गर्न वडा अध्यक्ष राजेश बाँनीयलाई लागिपरेका छन् । स्थानीयले आग्रह गरिरहेका छन् ।
विहानदेखि वडा अध्यक्ष आफैँ डुवान क्षेत्रमा पुगि स्थानीयलाई हतोत्साहि नहुन अनुरोध गरिरहेका छन् । उद्दारमा पनि आफै जुटिरहेका छन् ।
कर्रा खोलाको ट्याक निर्माले केहि राहत पुगेको भएपनि वस्तिको दिर्घकालिन समाधानमा सबैको साथ र सहकार्य आवश्यक रहेको बताए ।
यसरी बाटोमा नै पानी २ फिटभन्दा बढि आउन थालेपछि आवत जावतमा समेत समस्या भएको छ ।
डुवानमा परेका घरका मानिसहरुलाई सुरक्षित स्थानमा लगिसकेको वडा अध्यक्ष बाँनीयाले बताए । वर्षाको समय भएकोले तत्काललाई हुन सक्ने सबै प्रकारका समाधानका उपाय लगाउने र टोल, वस्तिलाई सुरक्षित बनाउन आफु निरन्तर लागिरहने अध्यक्ष बाँनीयाले बताए ।
प्रहरी प्रशासनलाई आपतकालिन अवस्थाको लागि रेस्क्यु टीमलाई अलर्ट अवस्थामा राखिदिन अनुरोध गरेका छन् । अहिले उक्त क्षेत्रलाई वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डले लगातार स्थलगत निरीक्षण गरिरहेको र आफ्नो युनिट भैपरि आउने समस्याप्रति तयारी अवस्थामा रहेको बताइएको छ ।