सवारी दुर्घटनामा हेटाैँडाका ढकाल सहित २ जनाकाे ज्यान गयाे
हेटौँडा । हेटौंडा–१५ चुरियामाईमा गएरातीदेखि बिग्रीएर सडकमा एल आकारमा तेर्सोे परेको भारतिय कन्टेनर बाटाे खाेल्नकाे लागि केही अगाडि बढाउन खोज्दा उक्त ट्रकले पल्टिएर थिचिदा दुईजनाको ज्यान गएकाे छ ।
उक्त मालवाहक कन्टेनरबाराबाट हेटौडातर्फ आइरहेको एमएल ०१ डि ८०३१ नम्बरको भारतीय ट्रकलाई पूर्व पश्चिम राजमार्ग अन्तरगत चुरीयामाइको उकालोमा साइड बढाउन खोज्दा पछाडी हट्दा माेटरसाइकल, ट्रक, टाटासुमाे, अटाे लगायत ७ वटा सवारी साधनहरुलाई समेत ठक्कर दिएकाे थियो ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाबाट मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ सिमेन्ट रोड बस्ने ३२ वर्षिय सुजन ढकाल रहेका छन् भने एक जनाको सनाखत हुन सकेको छैन् ।
दुर्घटनाबाट ९ जना घाईते भएका छन् । घाईते मध्ये एक जनाको अवस्था गम्भीर रहेका छन् । टाउकाेमा चाेट लागेकाे कारण चुरेहिल अपस्तालमा उपचार हुन नसकेपछि भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयाे ।
अन्य घाईतेहरुको भने हेटौंडा अपस्तालमा उपचार भएपश्चात घर फर्किएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।