विपीको स्मृतिदिवसको अवसरमा वृक्षारोपण
हेटौंडा, ६ साउन/जननेता वि.पी.को ३७ औं स्मृतिदिवसको अवसरमा वि.पी. विचार समाज मकवानपुरले सोमबार हेटौंडा ११ वी.पी. वाटिकामा वृक्षारोपण गरेको छ ।
वि.पी विचार समाज मकवानपुरका अध्यक्ष विनोदचन्द्र कोईरालाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्य डिनाको प्रमूख आतिथ्यतामा हेटौंडा ११ नवलपुरस्थित वी.पी. बाटिकामावी.पी. विचार समाजले वृक्षारोपण गरेको हो ।
वृक्षारोपण कार्यक्रममा विशिष्ठ अतिथिहरु नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, वी.पी. कोईराला स्मृति ट्रष्ट काठमाडौंका अध्यक्ष श्रीहर्ष कोईराला, ट्रष्टका महासचिव रामचन्द्र पोख्रेल, कार्यकारी निर्देशक राजेन्द्र पराजुलीलगायतले वी.पी.को बारेमा बोल्नुभएको थियो ।
बृक्षारोपण कार्यक्रममा कांग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याल, प्रवक्ता प्रदिप कोईराला, ३ नम्बर प्रदेशसभा सदस्य जीवन डंगोल, सल्लाहकार रिता खनाल, जिल्ला सदस्य अमृता थापामगर, क्षेत्रीय सभापति तारानाथ चौलागाई,, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, महाधिबेशन प्रतिनिधि रमेशध्वज कार्की, उत्सव ईटेनी, हेटौंडा ११ का सभापति विष्णु रिमाल, अर्जुन बर्तौलालगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।