विपीको स्मृति दिवसमा विरामीलाई फलफुल वितरण

निरन्तर न्यूज
५ श्रावण २०७६, आईतवार १७:४७

हेटौंडा, ५ साउन । जननायक विश्वेश्वरप्रसाद कोईरालाको ३७ औं स्मृतिदिवसको सप्ताहव्यापी कार्यक्रमअन्तरगत आईतबार विहान नेपाली कांग्रेस ३ नम्बर समितिद्वारा हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरिएको छ ।

नेपाली कांग्रेस ३ नम्बर क्षेत्रीय समितिका सभापति तारानाथ चौलागाईको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका सभापति तथा कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा फलफुल वितरण गरिएको हो ।

जननायक वी।पी।को ३७ औं स्थापना दिवसको अवसर पारेर हेटौंडा अस्पतालमा रहेका करिब २ सय ५० विरामीहरुलाई फलफुल वितरण गरिएको क्षेत्रीय सभापति चौलागाईले बताउनुभयो ।

वी।पी। को ३७ औं स्मृतिदिवसको सप्ताहव्यापी कार्यक्रमअन्र्तगत भोली सोमबार विहान हेटौंडा ११ वि‍‌पी बाटिकामा बृक्षारोपण र दिउँसो कांग्रेस मकवानपुर र वी।पी। फाउण्डेशन काठमाडौंको संयुक्त आयोजनामा बरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमूख आतिथ्यतामा होटल सामनामा विचार गोष्ठी हुँदैछ भने मंगलबार नेपाल तरुण दलको आयोजनामा पार्टी कार्यालयमा रक्तदान कार्यक्रम रहेको प्रवक्त प्रदिप कोईरालाले जानकारी दिनुभयो ।

नेता बानियाँद्वारा गरिब बालकलाई आर्थिक सहयोग
विपी कोईरालाको ३७ औं स्मृतिदिवसमा हेटौंडा अस्पतालमा फलफुल वितरण गर्न गएका नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले एक आर्थिक हैसियत नभएका बालकको उपचारको लागि आर्थिक सहयोग गर्नुभएको छ ।

भीमफेदी गाउँपालिका ३ बेसरघारीका १३ वर्षीया सुशन थोकरको खुट्टा भाचिएकोले आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा कठिनाई भईरहेको बताएपछि नगद ५ हजार दिई अस्पतालका प्रमूख डाक्टर प्रविण श्रेष्ठ र अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेललाई बालकको उपचारमा लाग्ने रकम मिना गरिदिन आग्रह गर्नुभयो ।

त्यसैगरी नेता बानियाँले हेटौंडा अस्पतालको स्वास्थ्य अवस्था, भौतिक पूर्वाधार, नवनिर्मित भवनहरु र अस्पतालको आवश्यक्ताको बारेमा राख्नुभएको जिज्ञासाको उत्तर दिंदै अस्पतालका प्रमूख डा।श्रेष्ठले निरिक्षणसमेत गराउनुभएको थियो । निरिक्षणमा नेता बानियाँ, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, नेपाली कांग्रेसका जिल्ला तहका नेताहरु तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*