प्रचण्ड निवासमा पूर्व माओवादी नेताको गोप्य बैठकमा के के भयाे

निरन्तर न्यूज
५ श्रावण २०७६, आईतवार १३:००

काठमाडौं । पूर्व माओवादी नेताहरू एकता प्रक्रियाको काम टुंगो लगाउने विषयमा छलफल गर्न आइतबार बिहान ७ बजेदेखि खुमलटारस्थित प्रचण्ड निवासमा बैठक बसेका थिए ।

आइतबार दिउँसो १ बजे नेकपाको सचिवालय बैठक बस्नुअघि अनौपचारिक छलफल गर्न बैठक बसेको नेकपा (पूर्व माओवादी) का एक नेताले जानकारी दिएका छन् ।

एकता प्रक्रियामा टुंगो लगाउनु पर्ने जिल्ला इन्चार्जहरु, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषद, जेष्ठ कम्युनिष्ट मञ्चलगायतका विषयमा आजै सचिवालयले टुंगो लगाउने तयारी छ ।

३२ केन्द्रीय विभागमध्ये १८ पूर्व एमाले र १४ पूर्व माओवादीले लिने गरी भागवण्डाको सहमति भइसकेको छ । पूर्व माओवादीले पाएको भागवण्डामा छलफल गरी नाम तय गर्न बैठक बसेको ती नेताले बताए ।

पूर्व एमालेतर्फकाले बिहीबार साँझ, शुक्रबार र शनिबार आफ्नो पूर्ववत समूहमा छलफल गरेका थिए ।

पूर्व एमालेले पाएको संगठन विभागमा वामदेव गौतम, विदेशमा माधव नेपाल र नीति अध्ययनमा झलनाथ खनाललाई लैजाने सहमति भएको छ ।

पूर्व माओवादीले पाएको अर्थ, प्रचारलगायत विभागका लागि नामको टुंगो यसै खुमलटारको छलफलले लगाउने तयारी छ ।

स्कुलिङ विभाग कसले लिने भन्नेमा भने विवाद जारी छ । ओलीले इश्वर पोखरेललाई र प्रचण्डले नारायणकाजी श्रेष्ठलाई अगाडी सारेका छन् । कुरा मिलिसकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*