मकवानपुरमा कार्यरत प्रहरीकाे असइ बलात्कारको आरोपमा पक्राउ
रौतहट । बलात्कार आरोपमा एकजना नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक पक्राउ परेका छन्। २० वर्षीया युवती बलात्कार गरेको आरोपमा प्रहरी सहायक निरीक्षक राजेन्द्र साह प्रकाउ परेका हुन्। उनी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत छन्।
हेटौडाबाट उनीहरु सँगै मोटरसाइकलमा आएर चन्द्रनिगाहपुरको एउटा होलमा बसेका थिए। चन्द्रपुर ४ स्थित एक होटलमा ती युवतीलाई ललाइफकाइ जबरजस्ती गरेको आरोपमा युवतीकी दिदीले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा जबरजस्तीकरणी सम्बन्धी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन्।
हेटौडाबाट बहिनी हराएपछि खोजी गर्दै जाँदा चन्द्रनिगाहपुरस्थित होटलको कोठामा दुवैजना फेला परेका थिए। पक्राउ परेका प्रहरी सहायक निरीक्षक साहलाई ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी कवित कटवालले जानकारी दिए।