मृत्यु हुनेको संख्या ९० : बाढीपहिरो अपडेट
३ साउन, काठमाडौं। वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर मुलुकभर मृत्यु हुनेको संख्या ९० पुगेको छ ।
विपदमा परेर अहिलेसम्म २९ हराइरहेका र ४१ घाइते भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको हो । केन्द्रका अनुसार अहिलेसम्म तीन हजार तीन सय ६६ भन्दा बढीको उद्दार गरिएको छ ।
झण्डै १२ हजार घर धुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रय स्थलमा राखिएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए ।
अहिले राहत वितरण र भौतिक संरचना पुनर्निर्माणको काम तीब्र रुपमा अघि बढिरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयास जारी रहेको केन्द्रले जनाएको छ