विपीको स्मृति दिवसको अवसरका बाढिपिडितलाई सहयोग

निरन्तर न्यूज
३ श्रावण २०७६, शुक्रबार ०८:२४

२ साउन, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले वर्षाको कारण बाढी पहिरोमा परि ज्यान गुमाएका जिल्लाका ५ परिवारलाई राहतस्वरुप २५ हजारका दरले प्रदान गर्ने निर्णय गरेको छ ।

विहिबार बसेको जिल्ला कार्यसमितिको बैठकले जननायक विपी कोईरालाको ३७ औं स्मृति दिवसको अवसर पारेर मृतकका परिवारलाई जनही २५।२५ हजारका दरले राहत रकम दिने निर्णय गरेको हो ।

बैठकले काँग्रेस मकवानपुरका जिल्ला सदस्य महेन्द्र राउतको पिता तथा काँग्रेस हेटौंडा १ का सचिव बमबहादुर राउतको असामयिक निधनप्रति शोकप्रस्ताव पारित गरेको छ ।

त्यस्तै बैठकले अविरल वर्षा एवं बाढीपहिरोमा परि ज्यान गुमाएकाहरुको परिवारमा समवेदना प्रकट गर्दै सरकारसंग तत्काल राहत उपलब्ध गराउनसमेत माग गरेकाे छ ।

बैठकले विपी कोईरालाको ३७ औं स्मृति दिवसको अवसरमा साताव्यापी कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको छ ।

साउन ४ गते

पार्टी कार्यालयमा विहान ११ वजे विचार गोष्ठी

साउन ५ गते

३ नम्बर क्षेत्रीय समितिले विहान ८ बजे हेटौंडा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्ने

साउन ६ गते
– विपी विचार समाजको आयोजनामा हेटौंडा ११ मा रहेको वीपी बाटिकामा विहान वृक्षरोपण
– दिउँसो कांग्रेस मकवानपुर र वीपी फाउण्डेशन काठमाडौंको आयोजनामा मध्यान्ह १२ बजे विचार गोष्ठी
साउन ७ गते
विहान ७ः३० बजे नेपाल तरुण दलले बुद्धचोकमा रक्तदान गर्ने

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*