बम बिस्फोट हुँदा ५ घाइते
धनगढी, २ साउन । कैलालीको धनगढी उपमहानगरपालिका-३ शहीद गेटमा शक्तिशाली बम विष्फोट भएको छ । बिष्फोटमा परी ५ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।
घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलाैरी-५ का लक्ष्मण सेरला, माेबिन खान, जितेन्द्र यादव र धनगढी-४, बाेराडाडीका केशवराज पाण्डे छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
स्थानीय निलम होटल अगाडि विस्फोट भएपछि होटेलका सञ्चालक पाण्डे पनि घाइते भएका हुन् । सुरुमा सिलिन्डर बम विस्फोट भएको हल्ला भए पनि शक्तिशाली बम विस्फोट भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ९ एमएमको पेस्टोल पनि बरामद भएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले टिफिनबक्समा राखिएको वस्तु विस्फोट भएको खुलेको छ ।