मन्त्री दुलालको ४ कार्यालयमा आकस्मिक रेड, कर्मचारीको अनुशासन र जवाफदेहितामा फोकस
साउन २, हेटौंडा । ३ नम्बर प्रदेशका का सामाजिक बिकास मन्त्री युवराज दुलालले आज आकस्मिक रुपमा आफ्ना मातहतका ४ वटा कार्यालयको रेड गर्नुभएको छ ।
सामाजिक बिकास मन्त्रालय अन्तरगतको शिक्षा र स्वास्थ्य कार्यालयमा रेड गर्दा कार्यालय नआउने कर्मचारीको हाजिरीमा मन्त्रि दुलालले रातो चिन्ह लगाइ दिनुभएको छ ।
रेडको क्रममा धेरैजसो सरकारी कार्यालयमा कर्मचारीको हाजिर थियो र केही कार्यालयमा भने थोरै कर्मचारी हाजिर भएका थिए ।
आज बिहान १० बजेर १५ मिनेटमा प्रदेश शिक्षा निर्देशनालयमा मन्त्री दुलालले रेड गर्दा दुईजना कार्यालय सहयोगी, एक जना अधिकृत मात्र भेट्नुभयो ।
त्यसैगरी मन्त्री दुलालले ११ बजे नारायणी अंचल आयुरबेदीक औषधालय, साढे ११ बजे स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्र र स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर ३ को कार्यालय हेटौंडामा अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा स्वास्थ्य निर्देशनालयमा ३२ जनाको दरवन्दीमा कर्मचारी समायोजनपछी पनि धेरै कर्मचारी हाजिर हुनै नआइसकेको पाइएको छ ।
कार्यालयका एक जना कर्मचारी बिना जानकारी अनुपस्थित, एक जना भने जानकारी गराएर बिदामा बसेको पाइएको मन्त्री दुलालले जानकारी दिनुभयो । यसैगरी आर्युवेधिक औषधालयमा ३ जना कर्मचारी बिदामा बसेका र अरु सबै कर्मचारी कार्यालयमा उपस्थित रहेका र स्वास्थ्य आपूर्ति व्यावस्थापन केन्द्रमा सबै कर्मचारी भेटिएको उहाँले बताउनुभयो ।
यसैगरी शिक्षा बिकाश निर्देशनालयमा कार्यालयका प्रमुख देखि सबै तहका कर्मचारी कार्यालयमा आइपुगेका थिएनन् ।
कार्यालयकाे हाजिर रजिष्टर अनुसार ८ जना कर्मचारी अनुपस्थित रहेका थिए । मन्त्री दुलाल अनुगमनमा पुग्ने बित्तिकै सबै हाजिर रजिष्टर हेरेर नआउने कर्मचारीको हाजिरीमा राताे कलमले चिन्ह लगाउनु भएको छ ।
कर्मचारीले सेवाग्राहीलाई गर्ने व्यवहारमा जवाफदेहिता हुनुपर्ने हरेक कर्मचारीहरु अनुशासित रहनुपर्ने कुरालाई प्राथमिकताका साथ कार्यान्वयन गर्न गराउन मन्त्रि दुलालले निर्देशन दिए ।
कर्मचारीले पोशाक नलगाउने, परिचय पत्र नलगाउने अथवा नदेखाउने, ढड्डामा हाजिर गर्ने जसता कुराहरुलाई हटाएर कार्यालय र कर्मचारी सबे स्मार्ट बन्नुपर्ने मन्त्री दुलालको सोचाइ रहेको उनका स्वकिय सचिव सिपि दुलालले जानकारी दिए ।
हरेक काम कारवाहिहरुलाई डिजिटल बनाउने मन्त्रालयको उद्देश्य रहेको समेत उनले बताए ।
मन्त्रालय अन्तरगतका कार्यालयलाई व्यवस्थित बनाइदै
प्रदेश ३ का सामाजिक बिकाश मन्त्री युवराज दुलालले मन्त्रालय अन्तरगतका अन्तरगतका निर्देशनालय, जिल्ला स्तरका कार्यालयलाई थप व्यवस्थित बनाउन लागिएको हो । सबै कार्यालयमा कर्मचारीहरु कार्यालय पोसाकमा आउनुपर्ने, अनुशासित र व्यवस्थित बनाइनुपर्ने लगायतका निर्देशन दिदै छड्के अनुगमनमा सबै कर्मचारीहरु कार्यालय समयमा आउनुपर्ने, सेवाग्राहीका कामहरु समयमानै गर्नुपर्ने लगायतका निर्देशन दिनु भएको छ ।
सामाजिक बिकाश मन्त्रालयमा बिधुतिय हाजिरी
प्रदेश नम्बर ३ को सामाजिक बिकाश मन्त्रालयमा बिधुतिय हाजिरी सुरु गरेर रजिष्टरमा भन्दा पनि बिधुतिय हाजिरीले सबै कर्मचारी आउँदा र जाँदाको समयमा बिधुतिय हाजिरी गर्नुपर्ने छ । सबै भन्दा पहिले आफ्नै मन्त्रालयबाट कामलाई चुस्त दुरुस्त बनाउने र आफु मातहतका कार्यालयलाई पनि थप व्यवस्थित बनाउन लागिएको मन्त्री दुलालले बताउनुभयो ।