हेटौंडाका फरार चौलागाइ कारागार चलान

निरन्तर न्यूज
२ श्रावण २०७६, बिहीबार १२:३८

हेटौँडा । जिल्ला अदालत र पुनारावेदन अदालतले जबरजस्ति करणी मुद्दामा कसुर ठहर गरि २ वर्ष ६ महिना कैद सजाय तोकेपछि फरार रहेका हेटौैडा उपमहानगरपालिका वार्ड नम्बर ६ का एक यूवालाई प्रहरीले पक्राउ गरि कारागार चलान गरेको छ ।

हेटौँडा उपमहानगरपालिका वार्ड नम्बर ६ का ४४ वर्षिय पुण्य प्रसाद चौलागाइलाई प्रहरी निरीक्षक पवन कुमार झाको टोलीले हेटौँडा २ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका चौलागाईलाई साउन १ गते जिल्ला अदालत मकवानपुरमा उपस्थित गराए पश्चात कैद भुक्तानको लागि भिमफेदी कारागार पठाइएको प्रवक्ता प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिवादी चौलागाईलाई जिल्ला अदालत मकवानपुरको २०६९ चैत्र ६ गते र पुनरावेदन अदालत हेटौँडाको २०७१ असार १७ गतेको फैसलाले जबरजस्ति करणी मुद्दामा कसुर ठहर गरि २ वर्ष ६ महिना सजाय तोकेको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*